युधिष्ठिर केसीको अध्यक्षतामा १९ सदस्यिय कार्यसमिति चयन गर्दै दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसनको विषेश साधारण सभा सम्पन्न भएको छ ।
काभ्रेको साँगास्थित नेपाल प्रहरी विद्यालयमा सम्पन्न विषेश साधारण सभाले पुरै कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा गोविन्द पराजुली, सह–सचिवमा सुशील कुमार कार्की, सचिवमा अमिर रायमाझी सर्वसम्मत भएका छन् भने सीताराम सापकोटालाई कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
सदस्यमा बुद्ध लामा, सुभाष दाहाल, अनन्त वाग्ले, सृजना बस्नेत, पंकज अधिकारी, प्रविण कुमार झा, आशिष महतो, अनिल जोशी, अंकित सुवाल, साइरस रिमाल, सुरेश कवाँ, कृष्ण परिहस्त, मेरिना रञ्जित र सगुन मुखिया पनि सर्वसम्मत भएका छन् ।
२०६२ सालमा स्थापना भएको दिपेन्द्र पुलिस स्कुल एल्मुनाई एसोसियसन केही समय निष्क्रिय थियो । निर्वाचित भएपछि अध्यक्ष केसीले एल्ुमनाई एसोसियसनले निर्माण गर्ने पूर्व विद्यार्थीको संजालले सबैलाई सहयोग गर्ने बताउनुभयो ।
‘लामो समय निष्कृय रहेको एल्मुनाई एसोसियसन अब प्रशासनिक र कानूनी रुपमा अद्यावधिक भएको छ । अब यस संस्थालाई विद्यार्थीको करियर र समाजप्रतिको उत्तरदायित्व तर्फ प्रेरित गर्ने काम गर्नेछौं,’ अध्यक्ष केसीले भने ।
यो कार्यसमिति दुई वर्षका लागि कायम रहनेछ ।





प्रतिक्रिया