देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

नयाँ ढंगले कारखाना खोलिने बताउँदै उनले फोहरमैलालाई नयाँ हिसाबले व्यवस्थापन गर्ने विषयमा सोचिरहेको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नुमा अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गरे ।