देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको भाउ फेरि बढ्यो

देशान्तर

काठमाडौं । चार दिनमै तोलामा सात हजार ४०० ले घटेको सुनको भाउ आज (बुधबार) फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

गएको सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँले घटेको थियो भने आइतबार तीनसय रुपैयाँ घटेको थियो । त्यसअघि गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको थियो ।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।