देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोटेश्वरबाट सुन र चाँदी जस्तो देखिने धातु तथा नगदसहित एक जना पक्राउ

देशान्तर

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर सेती ओपी मार्गबाट प्रहरीले सुन र चाँदी जस्तो देखिने धातु तथा नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार साँझ ५:३० बजे प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारत, महाराष्ट्र, सोलापुरका २७ वर्षीय योगेश श्रीमंत मगरलाई पक्राउ गरेको हो। उनी श्रीराम ज्वेलर्सका सञ्चालक तथा कोटेश्वर बसोबास गर्ने व्यक्ति हुन्।

प्रहरीले उनको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, ९ किलो ५०० ग्राम चाँदी जस्तो देखिने सेतो धातु र २८ लाख ९३ हजार नगद बरामद गरेको छ।

थप अनुसन्धानका लागि मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।