देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्च अदालत जनकपुरको आदेशमा आफताब आलम रिहा

देशान्तर

काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम केहीबेर अघि रिहा भएका छन् ।

नक्खु कारागारमा रहेका उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए ।

यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए ।