देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्यमा सामान्य वृद्धि

देशान्तर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।