देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेपत्ता गोताखोरको शव भेटियो

देशान्तर

काठमाडौं । गत बिहीबार विपद् उद्धार अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एकजनाको शव आज भेटिएको छ ।

सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आइतबार विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बेपत्ता भएका दुईजनामध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव गत शुक्रबार भेटिएको थियो ।

बेपत्ता भएका दुवै गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो ।