देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ। अहिले बिहान ८ बजेबाट सो बैठक सुरु भएको हो।

संसदबाट बजेट पास गराउने लगायतका विषयमा छलफल भैरहेको सत्ताधारी दलका नेताहरूले बताएका छन्। नेकपा (एमाले)ले आज आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरिसकेको छ।

आज आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्विप जारी गरिसकेका छन्। यस्तो अवस्थामा सत्ताधारी दलको बैठक बालुवाटारमा सुरु भएको हो।