देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका विषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरूका साथै प्रदेश सरकारमा सहभागी भएकाहरूले सरकारका कामकारबाहीका बारेमा जानकारी गराउने एजेन्डा तय भएको प्रवक्ता महतले जानकारी दिए ।

उनले क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे ।

त्यस्तै, तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ ।