देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द

देशान्तर

सवारी चालक अनुमतिपत्रको प्रणालीमै समस्या आएपछि सेवाहरू बन्द भएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो।

‘असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा ‍(ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ’ सार्वजनिक सूचनामा उल्लेख छ।