देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले प्रत्येक वर्ष राष्ट्रिय कोदो दिवस मनाउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको एक मन्त्रीले बताए।

असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आइएकोमा अब साउन १६लाई कोदो दिवसका रूपमा मनाउन लागिएको हो ।