देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल टेलिकमकाे मनसुन अफर : के-के छन् सुविधा ?

देशान्तर

काठमाडौं । नेपाल टेलिकमले बिहीबारबाट लागु हुनेगरी मनसुन अफर–२०८२ अन्तर्गत विभिन्न प्याकेज तथा सुविधा उपलब्ध गराउने भएको छ ।

यस अफरअन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइनेछ भने शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमासमेत उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।