देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रोएसिया पुगेका ११ जना नेपाली डिपोर्ट

देशान्तर

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा क्रोएसिया पुगेका ११ जना नेपालीलाई डिपोर्ट गरेर फिर्ता पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक गोविन्दप्रसाद रिजालका अनुसार डिपोर्ट भएका ११ जना नेपाली युवा बुधबार काठमाडौं ओर्लिएका छन् ।

भिसासम्बन्धी प्रक्रिया पूरा नगरी गएकाहरूलाई क्रोएसियाले नेपालमै फिर्ता पठाएको रिजालले बताए ।

पछिल्लो समय पोर्चुगल, साइप्रस र अन्य युरोपेली मुलुकहरूमा प्रवेशका लागि क्रोएसिया ट्रान्जिट पोइन्ट बनिरहेको छ ।