देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कामपाको बजेट सीमा २५ अर्ब ११ करोड

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताए ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष रु २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा रु २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो ।

राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।

चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।