देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पक्राउ परेका बिद्यार्थीहरुलाई तत्काल छाड्न नेविसंघको माग

Deshanter News

काठमाडौं । नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहाई गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गरी प्रहरी धरपकडको विरोध गरेका छन् । नेपाल कमर्श क्याम्पस इकाइले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, ‘विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने र ‘शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने जस्ता माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सोही क्रममा नेपाल प्रहरीले धरपकड गरी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको थियो ।

पक्राउ पर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्य तथा नेपाल कमर्श क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा, नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अनसुल केसी, नेपाल कमर्श क्याम्पसका उपाध्यक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ कलेजका इकाई कार्यवाहक अध्यक्ष पृथ्वीजंग थापा, चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी सङ्गठनका अध्यक्ष महेन्द्र खड्का, विद्यार्थी नेताहरू उत्सव देवकोटा, रन्चिर विष्ट र एलेक्स सिंघानियासहित दर्जनौँ विद्यार्थी रहेका छन् ।