देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवा क्रिकेटर रावललाई रुप्से होलिडेजको एक लाख आर्थिक सहयोग

Deshanter News


काठमाडौं– रुप्से होलिडेज प्रालिले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका युवा क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले उक्त सहयोग रकमको चेक नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहमार्फत रावलका लागि हस्तान्तरण गरेका हुन् ।

केही दिनअघि सामाजिक सञ्जालमार्फत क्रिकेटर रावलले आफूलाई खादा र माला होइन, भारतमा तालिममा जानका लागि आर्थिक सहयोग आवश्यक रहेको बताएका थिए । सोही सन्दर्भमा रुप्से होलिडेजले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक पराजुलीले नेपाली क्रिकेटसँग जोडिन पाउनु गौरवको विषय भएको उल्लेख गरे ।
क्यानका उपाध्यक्ष सिंहले निजी क्षेत्रबाट क्रिकेट खेलाडीका लागि आएको सहयोग प्रशंसनीय भएको बताए ।