देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

देशान्तर

काठमाडौं । गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । आर्थिक वर्ष २०८२–०८३ सुरू भएसँगै भूउपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नगर्दा गोरखा नगरपालिका, चुमनुब्री, धार्चे, सिरानचोक र भीमसेनथापा गाउँपालिकामा जग्गाको कित्ताकाट रोकिएको हो ।

मालपोत कार्यालयले ती पालिकाको कित्ताकाट नहुने भएपछि जग्गा खरिदबिक्री पनि रोकिएको जनाएको छ ।

जिल्लाका छ पालिकाले भने आधार तथा मापदण्ड, नक्सा अद्यावधिकलगायतका काम सम्पन्न गरिसकेका छन् । पालुङटार नगरपालिका, अजिरकोट, बारपाक सुलिकोट, आरुघाट, सहिदलखन र गण्डकी गाउँपालिकाले जग्गा वर्गीकरणको काम सम्पन्न गरेका हुन् ।

जग्गा वर्गीकरण गरिसकेका पालिकाको हकमा खरिदबिक्रीमा कुनै समस्या नआउने प्रमुख मालपोत अधिकृत जगदीश मिश्रले बताए । अन्यको हकमा भने खरिदबिक्रीको काम रोकिएको उनले जानकारी दिए ।