देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक खर्बभन्दा बढीको सवारीसाधन र पार्टपुर्जा आयात

देशान्तर

काठमाडौं । नेपालमा एक वर्ष अवधिमा सवारीसाधन र त्यसको पार्टपुर्जा आयातमा १ खर्बमाथि रकम विदेशिएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१र८२ मा सवारीसाधन र पार्टपुर्जा आयातमा १ खर्ब ९ अर्ब १२ करोड ११ लाख १९ हजार रुपैयाँ विदेशिएको हो ।

यस्ता वस्तु आयातबाट मात्र सरकारले ८० अर्ब ६४ करोड ४५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो आवमा कुल १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जसमध्ये १ खर्बमाथिको आयात हुनेमा इन्धन, खाद्य तेल, फलामरस्टिल, मेसिन र पार्टपुर्जा, विद्युतीय उपकरण र पार्टपुर्जा तथा सवारीसाधन र त्यसको पार्टपुर्जा छन् ।

भन्सार विभागका अनुसार यस आवमा विद्युतीय कार, भ्यान र जिपमात्र साढे १३ हजार युनिट आयात भएको छ । डिजेल इन्जिनतर्फ १५ सयदेखि २५ सय सीसी इन्जिन क्षमताका सवारीसाधन ३ सय ८० युनिट भित्रिएका छन् । यो अवधिमा हाइब्रिड सवारीसाधन ६७ वटा भित्रिएको तथ्यांक छ ।