देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मर्स्याङ्दीमा अटोरिक्सा खस्दा ६ जना घाइते

देशान्तर

काठमाडौं । लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् ।

बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर–६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका–२ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मर्स्याङ्दी–४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् ।

स्यानुमाया गुरुङ र सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेको बेँसीसहर–८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।