देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता थानीलाई मातृशोक

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।

सुर्खेत क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्यसमेत रहेका हृदयराम र नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानीकी माता देवी थानीको आइतबार राति काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

विगत तीन वर्षदेखि श्वासप्रश्वास रोगबाट पीडित थानीको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय थानीका धर्मकुमारी र अम्बिका दुई छोरीसमेत छन् । थानीको सुर्खेतस्थित रानीघाटमा मङ्गलबार अन्त्येष्टि गरिने पारिवारिकस्रोतले जनाएको छ ।