देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ल्हेन्दे खोलामा फेरि बाढी, उच्च सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौं । आज बिहान २ बजेदेखि नै चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि बाढी आएको छ । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

मंगलबार मात्रै चिनियाँ पक्षले नेपालसँग टाँसिएको तिब्बती क्षेत्रमा भारी वर्षा हुने र त्यसबाट ठूलो बाढी आउन सक्ने चेतावनी दिएको थियो ।

ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएको छ । बाढीका कारण भोटेकोशी र त्रिशुली नदीमा जलसतह निक्कै माथि पुगेको स्थानीयबासीले बताएका छन् । बाढीको सतह उच्च रहेकाले स्थानीय प्रशासनहरुले रसुवा, नुवाकोट र धादिङका बासिन्दालाई भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका क्षेत्रमा सजकता अपनाउन आग्रह गरेका छन् ।

यसअघि गत असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुलसहित टिमुरेमा रहेको बन्दरगाहका साथै हाइड्रो पावर वगाएको थियो । मितेरी पुल वगाएका कारण अहिले यो नाकाबाट ओहोरदोहोर र यातायातको सम्पर्क बाटो पूर्ण रुपमा बिच्छेद भएको छ ।