काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज तीन मन्त्री नियुक्त गरेका छन् ।
मुख्य मन्त्री लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् भने माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका हुन् ।
बागमती प्रदेशमा कांग्रेसका तर्फबाट चार मन्त्रीहरू आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए ।





प्रतिक्रिया