देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईसीसी महिला टी–२० विश्वकप २०२६ छनोटको आयोजक बन्यो नेपाल

देशान्तर

काठमाडौं–अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी–२० विश्वकप २०२६ छनोटको नेपाल आयोजक बनेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले आज विश्वकपको ग्लोबल छनोट नेपालमा गर्ने निर्णय गरेको हो ।


२०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्। आइसिसीले प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरेको छैन । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको हो । २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।

नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५÷५ टोलीको दुई समूहमा विभाजन गरिनेछ।