देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकीकृत समाजवादीमा वामदेवले संगठन विभाग मागेपछि…

देशान्तर

काठमाडौं । वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको एक महिना पनि नप’दै पार्टीमा उनकै कारण बखेडा सुरु भएको छ ।

नेकपा (एमाले) छाडेको चार वर्षपछि गौतम गत साउन २ गते माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

नेता वामदेव गौतमले रोजेको जिम्मेवारी खोजेपछि विवाद सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतम साउन २ गते राष्ट्रिय सभागृहबाट समाजवादीको यात्रा थालेका थिए ।

एमालेले पार्टीमा भित्र्याउन नमानेपछि वामदेव माधव नेपालको शरणमा परेका थिए । तर, रोजेको जिम्मेवारी नपाउने भएपछि उनी अहिले तनावमा परेका छन् ।