देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ अध्यक्ष लालवीरले भने : रञ्जितालाई विधिसम्मत हटाएका हौँ

देशान्तर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले बर्खास्तीमा परेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई विधिसम्मत हटाएको बताएका छन्।

यसअघि रञ्जिताले आफूलाई विधिसम्मत नहटाइएको बताइकी थिइन्। बिहीबार अध्यक्षको नियुक्तिपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले विधिसम्मत हटाएको बताएका हुन्।

‘उहाँ (रञ्जिता)लाई विधिसम्मत हटाइएको छ। पार्टीको निकासका लागि उहाँलाई हटाइएको हो’, उनले भने।

चौधरीले डेढ वर्षसम्म रञ्जिताले पार्टी बैठक राख्न नसकेको बताउँदै पार्टीले निकास नपाएपछि अहिले राष्ट्रिय भेलाबाट पार्टीलाई निकास दिइएको पनि बताए।

उनले पार्टीमा नेतृत्व परिवर्तन अलि ढिला पनि जानसक्नेमा उपनिर्वाचनले गर्दा पनि छिटो गर्नुपरेको बताएका छन्।

‘डेढ वर्ष भयो उहाँ (रञ्जिता)ले मिटिङ नराखेको। हामीले पहिले सुझाव सल्लाह दियौँ। यो अलि ढिलो पनि जान सक्यो। तर तत्कालै उपचुनावमा उम्मेदवारी दिनुपर्ने भएकाले यो विधिवत पार्टीले पनि विधानसम्मत निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने हुनाले हामी झटपट गर्‍यौँ’, उनले भने।