काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाह सम्बन्धी व्यवस्था र विवाहको उमेर सम्बन्धी व्यवस्था परिमार्जन गर्न विधेयक समितिमै उपसमिति बनाएको जानकारी दिएका छन् ।
आज सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी/माफी परिर्वतन सम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमै उपसमिति बनाइएको गृहमन्त्रीले बताए।
विधयेक समितिका संयोजक समेत रहेका मन्त्री लेखकले कुनै पनि सजायको माफी मुल्तवी अथवा दण्ड सजायको परिवर्तन सम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थाहरूमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको बताए ।
उनले आजको बैठकमा समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानुन गरी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए।
ुउपसमितिले सम्बन्धित मन्त्रालयहरूको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर यो विधयेकलाई संशोधन परिमार्जज गरेर अगाडि बढाउने पनि गृहमन्त्री लेखकले बताए । ‘त्यो उपसमितिले नागरिकहरूमा बाहिर चर्चा र चिन्ता र चासोलाई संशोधन गरेर परिमार्जन गर्ने पनि गृहमन्त्री लेखकको भनाई छ ।
उपसमितिमा कानुन मन्त्रालयका प्रतिनिधि, विधेयक समितिको सचिव, महान्यायाधिवक्ता र कानुन आयोगका प्रतिनिधिको सहभागिता रहने छ ।





प्रतिक्रिया