देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यी प्रदेशमा आज रातभर भारी वर्षा हुने

देशान्तर

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बेलुका) देशभर मौसम पूर्णतया बदली (आकाशभरि बादल) छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाको प्रक्षेपणअनुसार मौसम बदली र वर्षा हुने क्रम आज रातभर नै जारी रहनेछ।

यस क्रममा राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।