देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति खतिवडाद्वारा राजीनामा

देशान्तर

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

सभापति खतिवडाले बुधबार सभामुख देवराज घिमिरे समक्ष राजीनामा पेस गरेका हुन् ।

राजीनामा पत्रमा भनिएको छ, ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेबमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु ।