देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारी ठहर

देशान्तर

काठमाडौं। झापाको दमक नगरपालिका–१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा माओवादी नेता गगन पुरी उर्फ रेवतराज पुरी भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतले पुरीसँगै नापी कार्यालय, मालपोत कार्यालयका तत्कालीन कर्मचारी, जग्गाधनी र बिचौलियालाई सहित नौजनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।

विशेष अदालतले गगन पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना तोकेको छ । पुरीसहित सरकारी कर्मचारीसमेत ९ जनालाई कसुरदार ठहर गरिएको छ ।

यससँगै व्यक्तिका नाममा गएको करिब आठ सय रोपनी जग्गा जफत हुने फैसला आएको छ । यस प्रकरणमा अन्य आरोपीलाई भने राहत मिलेको छ । झापामा रतुवा र दिपिनी खोलाले धार परिवर्तन गरेपछि बनेको टारलाई पुरीसहितले व्यक्तिको नाममा ल्याएका थिए । यही टार त्यहाँ झापाको बालुवाटारका नाममा परिचित छ ।