देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवाद्धारा राष्ट्रसंघका महासचिवसंग  शान्तिसेनामा नेपालीको कोटा बढाउन आग्रह  

देशान्तर

न्यूयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाउन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँगको भेटवार्तामा प्रधानमन्त्री देउवालेशान्ति सेनामा नेपालीको संख्या र माथिल्लो तहका अधिकारीहरुको सहभागितासमेत बढाइदिन आग्रह गरेका छन्।

महासचिव गुटेरसले नेपालको आग्रहलाई आफूले ध्यान दिएर हेर्ने प्रतिक्रिया दिएका छन्। उनले विश्वशान्तिका लाति सेना र अन्य सुरक्षा अधिकारी पठाएर गरेको योगदानको निकै प्रशंसा गरेको प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीको उक्त आग्रहको सुनुवाइ हुने सम्भावना रहेको न्यूयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले दाबी गरेका छन्। प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालस्थित शान्तिसेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि समेत आग्रह गरेका छन्। जवाफमा महासचिव गुटेरसले सकारात्मक रूपमा छलफल अघि बढाउने बताएका थिए।

नेपाली सुरक्षाकर्मी विश्वका विभिन्न शान्ति मिसनमा ५ हजार भन्दा बढि कार्यरत छन्। नेपाली सेनाले त आफ्नो कुल संख्याको १० प्रतिशतसम्म पठाउने निधो गरेको छ। राष्ट्रसंघबाट त्यति संख्यामा माग भइरहेको छैन। अमेरिकाले केही बजेट कटौती गरेका कारणले शान्ति मिसनमा सेनाको संख्या घट्न सक्ने अधिकारीहरुको आँकलन छ। कान्तिपुरमा समाचार छ ।