देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पार्टी प्रवेश गराएको भोलिपल्टै निष्कासन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पार्टी प्रवेश गराइएका महोत्तरीका देवेन्द्र यादवलाई शुक्रबार निष्कासन गरेको छ ।

यादवविरुद्ध फौजदारी कानुनी कारबाही प्रक्रिया चलिरहेको खुलेपछि शुक्रबार उनको पार्टी सदस्यता खारेज गरिएको कांग्रेसले जनाएको छ । उनीमाथि प्रहरी अधिकारीको हत्या गरेको अभियोग छ ।

सभापति शेरबहादुर देउवाले बिहीबार सानेपास्थित मुख्यालयमा यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए । उनै यादवलाई देउवाले स्वागत गरेको दोस्रो दिनमै कांग्रेसले पार्टीबाट निकालेको हो ।

यादवलाई पार्टी प्रवेश गराउनेहरूबारे पनि खोजीनीति भइरहेको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।