देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्वीहरूले मनाउदैँ

देशान्तर

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दू धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दू धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।

कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

कृष्णका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि पुकारिन्छ ।