देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीनवटा संसदीय समितिको बैठक बस्दै

देशान्तर

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।

जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ ।