देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री अस्वस्थ भएपछि सांसदहरुसँग प्रश्नोत्तर स्थगित

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।


कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।