देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा खापुङ नियुक्त

देशान्तर


काठमाडौं । नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङ नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजीपी नियुक्त गरेको हो ।

वर्तमान आईजीपी दीपक थापा भदौ १८ गतेदेखि अवकाशमा जाने भएपछि सरकारले पहिलो वरियतामा रहेका खापुङलाई आईजीपी नियुक्त गरेको हो । उनी हाल एआईजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा गएर १८ गते स्वदेश फर्किने भएका कारण सरकारले त्यस अगाडि नै आईजीपी नियुक्त गरेको हो ।