देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सदन सुचारु बनाउन सरकार र दलहरुबीच संवाद हुन नसकेकोमा सभामुख चिन्तित

देशान्तर


काठमाडौं । सभामुख देवराज घिमिरेले सदनलाई सुचारु बनाउन सरकार र राजनीतिक दलहरुबीच संवाद हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएपछि सांसदहरूलाई समय दिनुअघि सभामुख रास्वपा र राप्रपाले लगातार संसद् बहिष्कार गरिरहेको र आफूले सहमतिको प्रयास गरे पनि सहमति जुट्न नसकेको भन्दै अगाडि भने– भिजिट भिसा प्रकरणको छानबिन लगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन, यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुद पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु ।

उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सांसदहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल समेत गरेका छन् ।