देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले विधान महाधिवेशन तयारी बैठक सम्पन्न

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन तयारीका सन्दर्भमा आज एमाले पार्टी कार्यालय च्यासलमा बैठक बसेको छ ।

केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विधान महाधिवेशन तयारीका बारेमा जानकारी गराउँदै सक्रियताका साथ तोकिएका जिम्मेवारी पूरा गरी आसन्न महाधिवेशन सफल बनाउन जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरूसँग अनुरोध गरे ।

करिब एक हप्तामात्र समय रहेकाले अझ खटिएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै संयोजक ढकालले महाधिवेशनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचारप्रसार, ‘मिडिया सेन्टर’ स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल भएको संयोजक ढकालले जानकारी दिए ।

उनले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गरेका छन् ।

बैठकमा एमालेका सबै जनसंगठनका अध्यक्ष र इञ्चार्जको सहभागिता थियो । एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ सम्म चल्नेछ ।