देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ भने आन्तरिकतर्फ प्रयोग हुने हवाई इन्धन प्रतिलिटर १ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको मूल्य भने अपरिवर्तित छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद दरअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा २१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसा कम भएपछि निगमले मूल्य समायोजन गरेको हो।

समायोजनसँगै काठमाडौं उपत्यकामा डिजेलको खुद्रा मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ। यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य पनि प्रति किलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ।