देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेलिकमले बन्द गर्‍यो फेसबुकसहितका सामाजिक सञ्जाल

देशान्तर

नेपाल टेलिकमले नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको पत्रका आधारमा सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिएको जनाएको हो।

टेलिकमले जारी गरेको सूचनामा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यले बनेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार सूचीकरण नगरेका प्लेटफर्मलाई हालका लागि निष्क्रिय गरिएको उल्लेख छ।

यससँगै फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जालमा सेवा अवरुद्ध भएको छ ।