देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको एमालेको दाबी

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको दाबी गरेको छ ।

ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले संगठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिए।

उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरू सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् ।

प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सांगठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् ।

जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका छन् । आज दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेशन जारी छ ।