देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सामाजिक सञ्जाल बन्दको विरोधमा पत्रकारहरुको प्रदर्शन

देशान्तर


काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध आज राजधानीको माइतीघरमा पत्रकारहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीले ह्यासट्याग ‘नो ब्यान, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार, ‘जनताको आवाज बन्द गर्न पाइँदैन, ‘लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गर्दै पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।