देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा अनिश्चितकालिन कर्फ्यु

देशान्तर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ ।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् ।

कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उनले बताएका छन् ।