देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सचिवालयमार्फत गगनले भने- म सुरक्षित छु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि महामन्त्री गगनकुमार थापामाथि पनि कुटपिट भएको दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ ।

तर, उक्त भिडियोमा ती सडकमै कुटाइ खाइरहेका व्यक्ति महामन्त्री थापासँग मिल्दोजुल्दो भने देखिँदैनन् ।

यसैबीच उनको सचिवालयले महामन्त्री थापामाथि कुटपिट नभएको प्रष्ट पारेको छ ।

‘महामन्त्री सुरक्षित हुनुहुन्छ,’ थापाको सचिवालयले भन्यो, ‘कुनै कुटपिट भएको होइन ।’

जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले मंगलबार मध्यान्हतिर महामन्त्री थापाको रातोपुलस्थित निवासमा आगजनी गरेका थिए ।