देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखा तोडफोड

देशान्तर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड भएको छ ।

प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको जानकारी आफूले पाएको बैंकका सूचना अधिकारी पवन रेग्मीले पुष्टि गरे ।

उनले भने, ‘प्रदर्शनकारीहरूबाट बैंक तोडफोड भएको छ । तर के कति क्षति भयो त्यो जानकारी हुन सकेको छैन ।’

उनका अनुसार प्रदर्शनकारी धुकुटीसम्म पुगे नपुगेको बारे यकिन हुन सकेको छैन । शाखा कार्यालयमा कोही कर्मचारी नरहेको समेत उनले बताए ।