देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खाना पकाउने ग्यासको अभाव भएको हो ?

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपीजी) पर्याप्त मात्रामा स्टक रहेको जनाएको छ । तर ग्यास बिक्री वितरणमा समस्या रहेको जनाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आफूहरूसँग एलपी ग्यास थानकोट डिपोमा पर्याप्त मात्रामा मौज्दात रहेको बताए ।

तर बजारमा ग्यास अभाव (सटेज) भएको अफवाह फैलाउने कार्य भइरहेको पनि उनले बताए । निगमसँग पर्याप्त मात्रामा ग्यास भएता पनि अभाव भन्ने अफवाह फैलिएका कारण आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न आग्रह गरे ।

उनले भने,‘अभाव भन्ने हल्ला फैलिँदा मानिसहरूले जथाभावी रुपमा खरिद गरी भण्डारण गर्ने र अभाव सिर्जना गराउने अवस्था आउँछ । तर आवश्यकताभन्दा बढी सिलिण्डर खरिद गरी भण्डारण नगर्न निगमको आग्रह छ ।’

साथै अहिले देशको अवस्था सहज नभएको अवस्थामा पनि ग्यास लगायत पेट्रोलियम पदार्थ आयत भइरहेको उनको भनाइ छ ।