देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद विघटनको सहमतिमा एमालेको आपत्ति

देशान्तर

संसद विघटनका लागि भएको सहमतिको एमालेले आपत्ति जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले विगतमा संसद विघटन गर्दा मुद्दा हाल्नेहरूले नै अहिले संसद विघटन गर्ने तयारी गर्नुलाई विडम्बनापूर्ण भनेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ ।’