देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जेन–जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो

देशान्तर

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । सिंहदरबारमा आज नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले जानकारी दिए । अर्यालका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ ।