देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महान्यायाधिवक्ता बडालको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

देशान्तर

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बडालले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

भदौ २४ गतेबाट लागू हुनेगरी उनको राजीनामा स्वीकृत भएको प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।