देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करोडौं ठगी आरोपमा महिला पक्राउ

देशान्तर

काठमाडौं । आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देवी कुमारी भुजेललाई पक्राउ गरेको छ । स्याङ्जा फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगरपालिका–१४ चाउथे बस्दै आएकी भुजेलविरुद्ध आफन्त र छिमेकीले ५० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

१४ भदौदेखि सम्पर्कविहीन भुजेललाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंको सहयोगमा कास्की प्रहरीले बिहिबार पक्राउ गरेको हो ।उनलाई कामनपा–२३ मञ्जुश्रीस्थित डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग लिएर बिहिबार साँझ देवी र उनका पति लक्ष्मणलाई डेराबाट पक्राउ गरेको थियो । शुक्रबार दम्पत्तिलाई नै पोखरा ल्याई अनुसन्धान थालेको प्रवक्ता खत्रीले जानकारी दिए । आरोपित देवीले पोखरामा जग्गाको कारोबार गर्थिन् ।

उनका पति लक्ष्मण थापा भने भारतीय सेनाका पेन्सनर हुन् । (नयाँ पत्रिका दैनिक)