देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वसूचनाको प्रहरीले बेवास्ता गर्दा गौचनको हत्या

देशान्तर

काठमाडौं । गत पुसमा गोली हानी युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको आरोपमा पक्राउ परेका नौ जना पुर्पक्षका लागि अहिले जेलमा छन्। माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुननेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ।’ पुनका सहयोगीहरूले दिएको सूचनालाई वेवास्ता गरी सो समूहमाथि हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भयो, त्यो पनि दिनदहाडै।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन्। केही महिनाअघि दावा लामामाथि गोली हानेको घटनामा पनि उनैले फोन गरेर जिम्मेवारी लिएका थिए। घटनाको प्रकृति पनि भारतमा बसेर नेपालमा असुली आतंक मच्चाउँदै आएको मनोज पुनसँग मिल्छ। सो समूहले केही महिनायता ठूला ठेकेदारहरूलाई धम्क्याउँदै गोली हानेर तर्साउने र पछि पैसा माग्ने गरेको छ।

बुटवलमा पनि तिवारीको हत्यापछि व्यापारीहलाई धम्क्याउँदै उनीहरूले करोडौं रुपैयाँ असुलेका थिए। सुरक्षाको दृष्टिकोणले गौचनलाई गोली हानी सहजै भाग्न सफल हुनु पनि प्रहरीको गम्भीर त्रुटि हो। राजधानीको मुख्य क्षेत्रबाटै उनीहरू भाग्न फल भए। कतिसम्म भने घटना भएको १५ मिनेटपछि मात्र प्रहरी त्यहाँ पुगेको थियो। नजिकै सर्वोच्च अदालतका न्यायाधी आनन्दमोहन भट्टराईको घरको सुरक्षार्थ बसेका प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न तदारुकता देखाएनन्। नयाँ पत्रिकामा समाचार छ । रामशरण देउजा